काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीमा कुनै पनि पदमा चुनाव नलड्ने घोषणा गरेका छन्।
७० वर्ष पुगिसकेका ज्ञवालीले चुनाव नलड्ने तर पार्टीमा सक्रिय भने रहने बताएका छन् ।
भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेको एक केन्द्रीय सदस्यले बताएका छन् ।
एमालेले गत भदौमा विधान सम्मेलनबाट ७० वर्षे उमेर हद हटाइसकेको छ ।
शनिबार सल्लाहघारी भक्तपुरमा उद्घाटन भएको एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डप काठमाडौंमा जारी छ । नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन भोलिसम्म चल्ने छ ।
























