काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराईले विधान संशोधनमार्फत घटाइएको पदाधिकारी र केन्द्रीय सदस्यको संख्या पुनः बढाउन प्रस्ताव गरेका छन्।
बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटी बैठकमा उनले अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूको ध्यानाकर्षण गराउँदै दसौँ महाधिवेशनको व्यवस्थालाई फेरि लागू गर्नुपर्ने धारणा राखे।
‘विधानको हालको व्यवस्था परिवर्तन गरेर पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउनुपर्छ,’ भट्टराईले भने, ‘यसको अर्थ दसौँ महाधिवेशनमा गरिएको व्यवस्था यथावत् राख्नु हो।’

























