काठमाडौं । साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन आइतबार २१.४८ अंकले घटेको नेप्से परिसूचक यसदिन ३.०२ अंकले घटेर २६०६.६७ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स १.५० अंकले घटेर ४४६.७५ विन्दुमा पुगेको छ। कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ।
यसदिन ३३१ स्क्रिप्सको १ करोड १ लाख ४६ हजार ४०० कित्ता सेयर ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार ७४२ रुपैयाँमा खरिदबिक्री भए। आइतबार ५ अर्ब ३३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। अप्पर स्याङ्गे हाइड्रोपावर,स्वस्तिक लघुवित्त वित्तीय संस्था,झापा इनर्जी र श्रीनगर एग्रिटेक इन्डस्ट्रीजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
कारोबार रकमका आधारमा नगदी ग्रुप पावर शीर्षस्थामा रह्यो। यसको ५५ करोड बढीको सेयर कारोबार भयो। सागर डिस्टिलरीले २३ करोडको सेयर कारोबार गर्दा पियोर इनर्जीको ९ करोड ७६ लाख,राधी विद्युतको ९ करोड ९ लाख,झापा इनर्जीको ८ करोड ६२ लाख मूल्य बराबरको कारोबार भयो।
कारोबारमा आएकामध्ये ९९ वटा स्टक्सको मूल्य बढ्दा १४७ वटाको घट्यो। १२ वटा स्टक्सको मू्ल्य भने यस दिन स्थिर रह्यो।
५ समूहको उपसूचक बढ्दा ८ समूहको उपसूचक नकारात्मक देखिए। हाइड्रोपावर,लाइफ इन्स्योरेन्स,मनु एण्ड प्रो,नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ इण्डेक्स समूहको उपसूचक बढ्दा अन्य समूहहरूको उपसूचक नकारात्मक देखिए ।
























