काठमाडौँ । गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई ठगी, आपराधिक विश्वासघात तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसारका कसुरमा छानबिन गर्न पक्राउ गरेको हो ।
ललितपुर महानगरपालिका–३ पुल्चोक बस्ने ६० वर्षीय शाक्यलाई बुधबार भनिमण्डल क्षेत्रबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी शिवकुमार श्रेष्ठले बताएका छन्।
प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसमेत संलग्न ठहरिएको उक्त प्रकरणमा शाक्यको पनि भूमिका रहेको सीआईबीको दाबी छ। यसअघि नै शेरचनसहित पाँच जनालाई पक्राउ गरिसकिएको थियो।
उनीहरूलाई प्रभु बैंक लिमिटेडलाई आर्थिक हानि पुर्याएको र सो अपराधलाई ओझेल पार्न विभिन्न कम्पनीको नाममा करोडौँ रुपैयाँ कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गरेको आरोप लगाइएको छ।

























