काठमाडौं । आसन्न निर्वाचनको सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै नेपाली सेना परिचालनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन्। मंसिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सेना परिचालनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
यसअघि मंसिर ४ गते सम्पन्न राष्ट्रिय सुरक्षा परिषद्को बैठकले निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्ने निर्णय गर्दै सो प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसलाई स्वीकृति प्रदान गर्दै चुनाव सुरक्षामा सेनाको भूमिका औपचारिक रूपमा सुनिश्चित गरेका छन्।


























