काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।
आज एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्यले दल दर्ताको निवेदन दिएका हुन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि दल दर्ता गराएको छ । राप्रपाको तर्फबाट केदारबहादुर अधिकारीले आज आयोगमा पुगेर दल दर्ता गराएका हुन ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ता गराइसक्नुपर्नेछ । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६६ दल दर्ता भइसकेको आयोगले जनाएको छ ।
असम्वैधानिक सरकारले निर्वाचन गराउन नसक्ने दावी गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा उठाइराखेको एमालेले आजै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
























