काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निषेधको राजनीति नगर्न आग्रह गरेका छन् । बारामा एमाले नेताहरूलाई गरिएको निषेध तथा सिमरा घटनालाई औँल्याउँदै उनले बुधबार सामाजिक सञ्जालमार्फत यस्तो अपिल गरेका हुन्।
शर्माले सिमरा घटनालाई जेनजी पुस्ताको वास्तविक भावना नभई त्यसको दुरुपयोग भएको दाबी गरे । “सामाजिक सञ्जालमा निषेधविरुद्ध उभिने जेनजी कसैको ‘समाज भ्रमण अधिकार’ विरुद्ध उभिन सक्दैनन्,” उनले एक्समा लेख्दै भने, “त्यसैले सिमरा घटना जेनजी भावनाको अभिव्यक्ति होइन, त्यसको दुरुपयोग मात्र हो । निषेधको राजनीति कसैले नगरौँ ।”
सिमरा घटनालाई दुःखद् भन्दै महामन्त्री शर्माले भ्रमणको सुरक्षित र सहज वातावरण नबनेसम्म निर्वाचन सम्भव नहुने भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण पनि गराएका छन् ।

























