काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय र सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि भण्डारीलाई पदमुक्त गरेको शीतल निवासले जानकारी दिएको छ ।
भण्डारीले रातारात होटलमा मुख्यमन्त्री नियुक्ति र शपथ गराएको घटनापछि उनको भूमिकाप्रति चौतर्फी विरोध भएको थियो।
सरकारले उनको स्थानमा सुरेन्द्र लाभ कर्णलाई नयाँ मधेश प्रदेश प्रमुखका रूपमा नियुक्त गर्न सिफारिस गरेको छ।





















