काठमाडौं । देशमा देखिएको पछिल्लो राजनीतिक जटिलतामाथि छलफल गर्न नेकपा (एमाले) ले विघटित प्रतिनिधिसभा संसदीय दलको बैठक बोलाएको छ।
एमालेका निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाका अनुसार असामान्य र जटिल राजनीतिक परिस्थिति तथा यसको लोकतान्त्रिक–संवैधानिक निकासबारे विचार–विमर्श गर्नका लागि बैठक मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।
प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामासमेत बर्तौलाले आफूलाई प्रमुख सचेतककै हैसियतमा राख्दै बैठक बोलाएका हुन्।
एमालेले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै त्यसको पुनर्स्थापनाको माग गर्दै आएको छ। पार्टीले हालको सरकार गठन प्रक्रियामाथि पनि प्रश्न उठाउँदै संविधानको मर्मअनुसार समाधान खोज्नुपर्ने मत व्यक्त गर्दै आएको छ।
























