काठमाडौँ । भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा आगजनी गरिएको नेकपा (एमाले) को च्यासलस्थित केन्द्रीय कार्यालयमा मर्मत तथा पुनर्निर्माण भइरहेको छ ।
आगलागीबाट क्षतिग्रस्त भवनको छानो, पर्खाल र संरचनागत भागहरू मर्मत गर्दै रंगरोगनको काम पनि तीव्र रुपमा भइरहेको सकेसम्म चाँडो प्रयोगयोग्य बनाउने बताइएको छ ।
भवन पूर्ण रूपमा मर्मत नभएसम्म पार्टीले कार्यालय परिसरमै पाल टाँगेर अस्थायी रूपमा दैनिक काम सञ्चालन गर्दै आएको छ ।
जेन–जी आन्दोलनको दौरान अराजक समूहहरूले कार्यालयमा आगजनी, तोडफोड गर्नुका साथै महत्वपूर्ण सामग्री लुटपाट समेत गरेको थियो। अहिले ती क्षतिको पुनःस्थापनाका कामहरू चरणबद्ध रूपमा अघि बढाइएका छन् ।

























