काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज राति सिंगापुर प्रस्थान गर्दै छन् । देउवा पत्नी डा. आरजु राणासहित थप उपचारका लागि सिंगापुर जान लागेको एक नेताले जानकारी दिएका छन् ।
भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । त्यसपछि सुरक्षाकर्मीहरूले उनीहरूलाई उद्धार गरी सैनिक अस्पताल, छाउनीमा उपचारका लागि लगेका थिए। कांग्रेस नेताहरूका अनुसार देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ ।
घटनाको एक महिना पछि असोज २८ गते मात्र पार्टी केन्द्रीय कार्यालयमा सार्वजनिक भएका देउवाले सोही दिन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका थिए ।
























