काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा झरेको छ।
यसदिन ३११ स्क्रिप्सको ७६ लाख ४३ हजार ६३५ कित्ता सेयर ३ अर्ब २७ करोड ५४ लाख ८६४ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन बुधबार ३ अर्ब १० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। कारोबारमा आएकामध्ये ४५ स्टक्सको मूल्य बढ्दा १९७ वटाको घट्यो। ९ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।
हिमालयन पावरको सेयर ९.९३ प्रतिशतले बढ्दा कालिका लघुवित्त वित्तीय संस्थाको ५.६९,इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ३.८९, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३.७९ र एमबीएल इक्विटी फण्डको २.७२ प्रतिशतले बढ्यो।
यसदिन समाज वित्तीय वित्त संस्थाको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो। कारोबार रकमका आधारमा मुक्तिनाथ विकास बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको १५ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
नेपाल रिइन्स्योरेन्सले १३ करोडको कारोबार गर्दा शिवम् सिमेन्टको ११ करोड, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट र हिमालयन रिइन्स्योरेन्सको ९/९ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
दुई समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्। बैंकिङ र म्युचुअल फण्डबाहेक अन्यको समूहको उपसूचक नकारात्मक देखिए।























