काठमाडौं । सेयर बजार आज १९.४३ अंकले घटेको छ । त्यसअघि कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७८ अंकले घटेको थियो ।
नेप्से घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा कमी आएको छ। यसदिन ३१७ स्क्रिप्सको ७४ लाख ८८ हजार २७३ कित्ता सेयर ३ अर्ब ३६ करोड ६१ लाख ९८ हजार २६२ रुपैयाँमा खरिदबिक्री भए। सोमबार ४ अर्ब ९७ करोड मूल्य बराबरको कारोबार भएको थियो।
यसदिन दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। शुभम् पावर र गरिमा विकास लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३२ करोड मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी हिमालयन रिइन्स्योरेन्सले १६ करोडको सेयर कारोबार गर्दा सीईडीबी होल्डिंक्सले १२ करोड,युनियन हाइड्रोपावरले १० करोड र शिवम् सिमेन्टको ८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
म्युचुअल फण्ड,अदर्श र ट्रेडिङ समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिए। कारोबारमा आएकामध्ये ३३ स्टक्सको मूल्य बढ्दा २१४ वटाको घट्यो। ५ स्टक्सको मूल्य भने स्थिर रह्यो ।























