काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।
जेनजी विद्रोहपछि पहिलोपटक सार्वजनिक भएका सभापति देउवाले आज बसेको पार्टीको केन्द्रीय कार्यसमिति वैठकको उद्घाटन मन्तव्य राख्दै खड्कालाई कार्यवाहक दिएका हुन् ।
‘मेरो स्वास्थ्यका कारण म पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको रुपमा काम गर्ने गरी तोकेको छु । उहाँले पार्टीको वृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ’ सभपति देउवाले भनेका छन् ।
























