काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९५ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ र बिक्रीदर १९० रुपैयाँ ८१ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३० पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ७७, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९९ पैसा, सिंगापुर डलर एकको खरिददर १०९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११० रुपैयाँ ०५ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा तोकिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३७ पैसा, यूएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।
साउथ कोरियन वन एक सयको खरिद १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १० पैसा र बिक्रीदर १५ रुपैयाँ १६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ १३ पैसा र बिक्री दर २२ रुपैयाँ २३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ६२ रुपैयाँ ७० पैसा र बिक्रीदर ४६४ रुपैयाँ ६५ पैसा तोकेको छ ।
बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुयैयाँ १४ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ७० पैसा रहेको छ । साथै भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । (रासस)























