काठमाडौँ । नेपाल स्टक एक्स्चेन्जले बुधबारदेखि बजार सञ्चालनमा ल्याउने भएको छ ।
नेपाल धितोपत्र बोर्डसँगको परामर्शपछि धितोपत्र बजार समय छोट्याएर बजार खोल्ने निष्कर्षमा पुगेको हो । जेनजी आन्दोलनलाई कारण देखाउँदै एक्स्चेन्जले सूचना निकालेर असोज २ गतेसम्म कारोबार बन्द हुने जनाएको थियो ।
पछिल्लो समय अवस्था सामान्य बन्दै गएको, बजारमा चहलपहल सुरु भएको तथा चाडवर्प नजिकिँदै गएकाले सम्बन्धित सबै पक्षसँगको छलफल पछि बजार खोल्ने निष्कर्षमा पुगेको एक अधिकारीले जानकारी दिए । नेपाल स्टक एक्स्चेन्जले आगामी आइतबारदेखि मात्र कारोबार थाल्ने तयारी गरेको यियो ।
पछिल्लो समय उत्साहजनक नदेखिएको नेप्से २६७२.२५ विन्दुमा छ ।

























