काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएपछि आज पुँजीबजारको कारोबार स्थगित गरिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक सूचना जारी गर्दै मंगलबारको कारोबार स्थगन गरिएको जनाएको हो । उपत्यका तीनवटै जिल्लामा निषेधाज्ञा आदेश जारी भएपछि धितोपत्र कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगनका लागि अनुरोध भइआएको पनि नेप्सेले जनाएको छ ।
‘चक्रपथभित्र कफ्र्यु आदेश जारी भएको तथा धेरै कारोबार सदस्य र लगानीकर्ताबाट समेत कारोबार स्थगन गर्न अनुरोध भइआएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ ९१० अनुसार आजको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ,’सूचनामा भनिएको छ।
सामाजिक सञ्जाल र भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिएको जेनजी पुस्ताको सोमबारको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको छ। सयौं घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।




















