काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १२.०३ अंकले बढेर २७६१.८६ विन्दुमा पुगेको छ। अघिल्लो दिन आइतबार नेप्से परिसूचक ३१.१७ अंकले घटेर २७४९.८३ विन्दुमा अडिएको थियो।
नेप्से बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ। आइतबार ६ अर्बको सेयर कारोबार भएकोमा आज ५ अर्बमा सीमित भएको छ। यसदिन ३२६ स्क्रिप्सको १ करोड १४ लाख ४० हजार ८४४ कत्ता सेयर ५ अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये १४३ स्टक्सको मूल्य बढ्दा १०६ वटाको घट्यो। दुई स्टक्सको मूल्य भने स्थिर रह्यो। आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।
कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २८ करोड बढीको सेयर कारोबार भयो। एभरेष्ट बैंकको २४ करोडको सेयर कारोबार हुँदा हिमालयन डिस्टिलरीको २१ करोड,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २० करोड र कुमारी बैंकको १७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
दुई स्टक्सको मूल्यबाहेक अन्य समूहको उपसूचक सकारात्मक देखिएका छन्। बैंकिङ समूहको उपसूचक सर्वाधिक १.५० प्रतिशतले बढ्यो ।

























