काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई र्याडिसन होटलमा विशेष छुट उपलब्ध हुने भएको छ । होटल र बैंकबीच भएको सम्झौतासँगै एनआईसी एसिया बैंकका ग्राहकहरुले काठमाडौंमा रहेको र्याडिसनमा होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त हुने बताइएको छ ।
यस बैंकका ग्राहकहरुले उक्त होटलमा सेवा लिँदा खाना तथा पेय पदार्थ तथा फिटनेस सेन्टर (जीम)मा २० प्रतिशत छुटको सुविधा प्राप्त गर्न सक्नुहुनेछ छ भने Airport Lounge and Restaurant, Pastry Shop / Tranquillity Spa मा १५ प्रतिशतको छुट उपभोग गर्न सक्ने छन् ।
यस सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मो. बैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।























