काठमाडौं । काठमाडौं महानगरपालिका–८ स्थित पशुपति क्षेत्रको आर्यघाट नजिकै एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
बिहीबार बिहान सत्तलमा अन्दाजी ४५ वर्षकी महिला मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
मृतकको पहिचान खुल्न नसकेको र नामथर नखुलेकोले अनुसन्धानमा केही कठिनाइ भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

























