काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। सोमबार नेप्से परिसूचक २१.३० अंकले बढेर २७६१.२६ विन्दुमा पुगेको छ।
यसदिन ३१७ स्क्रिप्सको १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता सेयर ५ अर्ब ७५ करोड ३२ लाख १९ हजार ६५२ रुपैयाँमा खरिदबिक्री भए।
आज दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नारायणी डेभलपमेन्ट बैंकको सेयर ९.९९ र विकास हाइड्रोपावरको ९.९८ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ७६ करोड ९६ लाख ७७ हजार बराबरको कारोबार भयो ।
























