काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई ल्याण्डमार्क होटल र रिसोर्टस् (Landmark Hotels And Resorts) मा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतासँगै बैंकका ग्राहकहरुले देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेको रिसोर्टस्मा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् ।
एनआईसी एसिया बैंकका ग्राहकहरुले खाना तथा पेय पदार्थमा १० प्रतिशत र आवास सेवा लिँदा १५ प्रतिशतको विशेष छुट प्राप्त गर्न सक्ने छन् । ग्राहकहरुले पोखरा, तनहुँ, काठमाडौं, भैरहवा, भरतपुर र चितवनमा सञ्चालनमा रहेका उक्त रिसोर्टस्बाट उक्त छुटहरु प्राप्त गर्न सक्ने छन् ।
यस सुविधाको उपभोग गर्न ग्राहकहरुले एनआईसी एसिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त रिसोर्टस्सँगको यस सहकार्यले ग्राहकलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास लिइएको बैंकले जनाएको छ ।
























