काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा विजयी भएका छन् । फुर ३४२ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी कुलबहादुर गुरुङले २८८ मत पाएका छन् ।
वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल ३४५ मतसहित विजयी भएका छन् भने उनका प्रतिस्पर्धी टिका गुरुङले २५८ मत पाए । प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा ३५९ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी काजी शेर्पाले २५६ मत मात्र पाए ।
द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ३६८ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी धनबहादुर गुरुङले २३८ मत पाए ।
महासचिव पदमा राजेन्द्रबहादुर लामाले ३१८ मत पाएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी विमल नहर्कीले २०९ मत पाए । यसैगरी शिव सापकोटाको पक्षमा ६८ मत ल्याएका छन् ।
सचिव पदमा चन्दन थापा ३५८ मतसहित विजयी हुँदा अर्का प्रत्यासी ङिमा दिकी शेर्पाले २४४ मत पाइन् । कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले बराबर ३०४ मत पाए । उनीहरुबीच आधा–आधा कार्यकाल चलाउने सहमति भएको छ ।
सदस्यहरुमा माधवकुमार धमला ९२७८०, केदार न्यौपाने ९३०२०, थुप्देन शेर्पा ९३२६०, गोकुल थापा ९२८८०, मुलाल गुरुङ ९३५१०, देण्डी शेर्पा ९३११०, विक्रम कार्की ९३०६०, रिञ्जे शेर्पा ९३०१०, देवेन्द्र डंगोल ९२९५०, दिकी शेर्पा ९२८८० र निशा भोटे ९३०७० मत पाएका छन् ।

























