काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। साताको तीन कारोबार दिनपछि बिहीबार नेप्से परिसूचक २.६२ अंकले बढेर २७८८.३६ विन्दुमा अडिएको छ।
साताको पहिलो कारोबार दिन आइतबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। त्यसपछि दोस्रो कारोबार सोमबारदेखि नेप्से परिसूचक लगातार ओरालो लागेको थियो।
नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम बुधबारको तुलनामा वृद्धि भएको छ। बुधबार ६ अर्ब १६ करोडको सेयर कारोबार भएकोमा आज ७ अर्ब ४६ करोड मूल्य बढीको सेयर कारोबार भयो।
यसदिन ३२० स्क्रिप्सको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता सेयर ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार ७०४ रुपैयाँमा खरिदबिक्री भए। नेपाल रिपब्लिक मिडियाको सेयर सर्वाधिक ९.९९ प्रतिशतले बढ्यो। यसदिन एनआईसी एसिया फ्लेक्सी क्याप फण्डका लगानीकर्ताले भने सर्वाधिक गुमाए। यसको सेयर ८.३१ प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४७ करोड बढीको सेयर कारोबार भयो। एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले ४१ करोडको कारोबार गर्दा बलेफी हाइड्रोपावरको ३६ करोड,हिमालयन रिइन्स्योरेन्स र साहस उर्जाको २२/२२ करोडको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये १०८ स्टक्सको मूल्य बढ्दा १४१ वटाको घट्यो। पाँच समूहको उपसूचक बढ्दा अन्यको घट्यो।
























