काठमाडौँ । देशभरका लाखौं ग्राहकहरूको विश्वास, सरोकारवालाहरूको समर्थन र कर्मचारीहरूको प्रतिबद्धताका साथ एनआईसी एशिया बैंक आज २८ औं वर्षमा प्रवेश गरेको छ । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नारालाई आत्मसात गर्दै बैंकले नेपालकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्ने यात्रालाई निरन्तरता दिँदै आएको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले एक विज्ञप्ति जारी गर्दै बैंकप्रति सदैव अटल भरोसा, साथ र समर्थन जनाउने ग्राहक, नियामक निकाय, शेयरधनी, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरेको छ । बैंकले विगत २८ वर्षको सफल यात्रामा प्राप्त उपलब्धिहरूको सम्पूर्ण श्रेय सरोकारवालाहरूलाई नै जाने जनाएको छ ।
“हामी विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री र ग्राहकमैत्री बैंकिङ्ग अनुभव प्रदान गर्न प्रतिबद्ध छौं,” वार्षिकोत्सवको अवसरमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आगामी दिनहरूमा सबैको पहिलो रोजाइको बैंक बन्ने हाम्रो दृढ संकल्प अझ बलियो बनाउँदै अगाडि बढ्नेछौं ।”
डिजिटल फर्स्ट बैंकको अवधारणा
डिजिटल फर्स्ट बैंकको रूपमा अगाडि बढिरहेको एनआईसी एशिया बैंकले प्रविधिमा आधारित सेवामा मात्रै नभई भौतिक उपस्थिति विस्तारमा पनि ठूला उपलब्धिहरू हासिल गरेको छ । हालसम्म बैंकले मुलुकभर ३६० शाखा, ६७० एटीएम, ११६ विस्तारित काउन्टर र ४२ शाखारहित सेवा केन्द्रमार्फत बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
वित्तीय समावेशीकरणमा योगदान
बैंकले देशका दुर्गम तथा वित्तीय पहुँच न्यून जिल्लाहरू—मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानलगायतका क्षेत्रमा शाखा विस्तार गरी वित्तीय समावेशीकरणमा उल्लेखनीय योगदान दिएको छ । डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै, उत्तरदायी बैंकिङ्ग अभ्यासमार्फत देशको आर्थिक वृद्धिमा टेवा पु¥याउँदै आएको बैंकले भविष्यमा अझ प्रभावकारी सेवा विस्तार गर्ने योजनाको प्रतिबद्धता व्यक्त गरेको छ ।
























