काठमाडौं । एन आई सी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.बीच यस बैंकका ग्राहकहरुको स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । यस सम्झौतासँगै अब यस बैंकका ग्राहक महानुभावहरुले ओम हस्पिटलमा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।
उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र ओम हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरेका छन् ।
यस सुविधाको उपभोग गर्न ग्राहकहरुले एनआईसी एसिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक ९ःयद्यबलप० एपमार्फत भुक्तानी गर्नुपर्ने छ । बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप ओम हस्पिटलसँगको सहकार्यले ग्राहकहरुको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने एनआइसी एसिया बैंकले विश्वास लिइएको प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।























