काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.४२ अङ्कले बढेको छ। आज १.२९ प्रतिशतको वृद्धिपछि नेप्से दुई हजार छ सय ९४.८२ को बिन्दुमा कायम भएको हो।
आज ३१७ कम्पनीको तीन करोड एक लाख ८२ हजार ३४१ कित्ता शेयर ८९ हजार ४६८ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ बराबरको कारोबार भएको छ।
आज सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा बढी जीवन बिमा समूह २.८३, निर्जीवन बिमा २.५१ र विकास बैंक समूह २.३१ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकिङ १.३६, वित्त १.९९, होटल तथा पर्यटन ०.७१ र जलविद्युत् ०.४७ प्रतिशतले बढेको छ।
लगानी १.०१, उत्पादन तथा प्रशोधन ०.६९, लघुवित्त ०.५६, म्युचुअल फण्ड ०.०६, व्यापार १.७६ र अन्य समूह ०.९१ प्रतिशतले बढेको छ।
आजको कारोबारमा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ। आज ‘नौ प्रतिशत आइसिएफसी फाइनान्स लिमिटेड डिबेन्चर–२०८८’ को शेयर मूल्य सबैभन्दा बढी ३.३१ प्रतिशतले घटेको छ। (रासस)
























