काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे आज संसदीय समितिहरूका सभापतिहरूसँग विशेष छलफल गर्दै छन् । उक्त छलफल संघीय संसद् भवनस्थित शंकर हल, नयाँ बानेश्वरमा दिउँसो हुने कार्यक्रम तय गरिएको छ ।
सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीका अनुसार छलफल समितिमा विचाराधीन तथा छलफल चरणमा रहेका विधेयकहरूमाथि केन्द्रित हुनेछ । संसदमा प्रस्तुत विभिन्न कानुन निर्माण प्रक्रियालाई प्रभावकारी र समन्वित बनाउने उद्देश्यले यो बैठक आयोजना गरिएको जनाइएको छ ।
























