काठमाडौं । ललितपुर महानगरपालिका–९ बालकुमारीबाट मनोहरा खोलामा हामफालेका एक युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
पुनर्जीवन अस्पताल बालकुमारी ललितपुरमा उपचाररत नुवाकोटका १८ वर्षीय आयुष बडाल बुधबार बिहान पौने ७ बजे तिर खोलामा हाम फालेका थिए ।
च्यासलस्थित नेकपा एमाले पार्टी कार्यालयको सुरक्षार्थ खटिएको सुरक्षा फौजले उनको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रपक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
उद्धार गरिएका उनको अवस्था सामान्य छ । मानसिक रूपमा अस्वस्थ रहेकाले उपचारत थिए ।

























