काठमाडौं । नेकपा एमालेले असार १० गते आफ्ना सबै सांसदहरूलाई संसदमा अनिवार्य उपस्थित हुन भनेको छ ।
आगामी आर्थिक वर्षको बजेट निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकाले अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न एमाले मुख्य सचेतक महेश बर्तौलाले ह्वीप जारी गरेका छन् ।