काठमाडौं । नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको १४औं राष्ट्रिय सम्मेलनले हंसबहादुर शाहीलाई नयाँ अध्यक्षमा निर्वाचित गरेको छ। शाही यसअघि संगठनका महासचिवको भूमिकामा थिए ।
सम्मेलनले शाहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा जंगबहादुर गर्बुजा, उपाध्यक्षमा गोविन्द भण्डारी, र महिला उपाध्यक्षमा अम्बिका चापागाईं निर्वाचित भएका छन् ।
त्यसैगरी, प्रकाश खनाल महासचिव, नरबहादुर रावल कोषाध्यक्ष, श्रीराम दाहाल उपमहासचिव, बामदेव सुवेदी खुला सचिव, र बेणु काफ्ले महिला सचिवको जिम्मेवारीमा निर्वाचित भएका छन् ।
अध्यक्ष पदका लागि शाहीसँगै कमला थापा र यमबहादुर कुँवर पनि प्रतिस्पर्धी थिए ।


























