काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको आजको बैठकमा वेल घेराउ गर्दै विरोध प्रदर्शन जारी राखेको छ । पार्टीले आफ्ना मागप्रति सरकारले गम्भीरता नदेखाएको भन्दै संसदमा आन्दोलनलाई निरन्तरता दिएको हो। यद्यपि बैठक भने सभामुखको अगुवाइमा सञ्चालन भइरहेकै छ ।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरेलगत्तै रास्वपा र राप्रपाका सांसदहरूले विरोध जनाउँदै उठेका थिए। त्यसक्रममा सभामुखले रास्वपाका सांसद हरि ढकाललाई बोल्ने अवसर दिए ।
सांसद ढकालले सरकार भुइँमान्छाको आवाजप्रति संवेदनशील नदेखिएको आरोप लगाए र आन्दोलन जारी राख्ने घोषणा गरे। त्यसपछि रास्वपाका सांसदहरू वेल अगाडि पुगेर प्रदर्शनमा उत्रिए ।
उता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने आजको बैठक बहिष्कार गरेको छ । सभामुख घिमिरेले आजको बैठकमा शून्य समय नराखिएको जानकारी गराएका छन् ।
























