काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा काण्डप्रति संसदमा भइरहेको संसदीय दलको प्रयासलाई प्रशंसनीय ठहर गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले संसदमा प्रस्तुत हुने निर्णय गरेको छ ।
बुधबार बसेको रास्वपाको सचिवालय बैठकले पार्टीको तेस्रो स्थापना दिवस (असार ७ गते) पनि आन्दोलनकै रूपमा मनाउने घोषणा गरेको छ। ‘लुटतन्त्रको खारेजी तथा सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ ।

























