काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक पुनः अवरुद्ध भएको छ । बिहान ११ बजेका लागि निर्धारित बैठक तोकिएको समयमा सुरु हुन सकेको छैन ।
सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । संसदमा जारी अवरोध हटाउन र सहमति निर्माण गर्न छलफल चलिरहेको बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै बैठक अवरुद्ध गरिरहेको छ । साथै, उनीहरूले संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन समिति गठनको माग पनि राख्दै संसद् बैठकमा वेल घेराउ र नारावाजी गरिरहेका छन् ।