काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । भोलि बुधबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक राखिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
यसअघि असार १५ गते आइतबार दिउँसो १ बजेका लागि बैठक डाकिएको थियो । बैठकमा भ्रातृ संगठनको अधिवेशनका विषयमा छलफल हुने, पूर्वसांसद ढुण्डिराज शास्त्री पौडेलको निधन भएपछि त्यसको शोक प्रस्ताव पारित गर्ने लगायतका कार्यसूचीमा छलफल गर्न बैठक बोलाइएको हो ।
बैठकमा सहभागी हुनका लागि पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।