काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.६९ अंकले घटेर २६६४.४७ विन्दुमा अडिएको छ। दुई कारोबार दिन सोमबार र मंगलबार उच्च अंकले बढेको सेयर बजार आज दोहोरो अंकले ओरालो लागेको हो।
नेप्से घटेसँगै मंगलबारको तुलनामा कारोबार रकम पनि घटेको छ। यसदिन ३०७ स्क्रिप्सको २ करोड २० लाख ७५ हजार ७६९ कित्ता सेयर ९ अर्ब ९० करोड ७० लाख ५ हजार ५७५ रुपैयाँमा खरिदबिक्री भए। मंगलबार १० अर्ब बढीको सेयर कारोबार भएको थियो।
नेप्से दोहोरो अंकले घटे पनि दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। पियोर इनर्जी र सिनर्जी पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। बुटवल पावरको सेयर ९.९३ प्रतिशतले बढ्दा रिभर फल्स र गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर ७.१४ प्रतिशतले बढ्यो ।
६१ करोडको सेयर कारोबार गरी राधी विद्युत शीर्षस्थानमा रह्यो। सानिमा माइ हाइड्रोपावरको ५९ करोडको सेयर कारोबार हुँदा बुटवल पावरको ५८ करोड,युनिभर्सल पावरको ४७ करोड मूल्यको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये ७७ वटा स्टक्सको मूल्य बढ्दा १७० वटाको घट्यो। बाँकी १ स्टकको मूल्य भने स्थिर रह्यो। हाइड्रोपावर समूहको उपसूचकबाहेक अन्य समूहको घट्यो।