काठमाडौं । आज (शुक्रबार) दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सुरु नहुँदै स्थगित गरिएको छ। सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार अब अर्को बैठक आइतबार दिउँसो १ बजे बस्नेछ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै विपक्षी दलहरू संसद् अवरुद्ध गरिरहेका छन्। बैठक सञ्चालन हुन नसकेपछि सभामुख घिमिरेले विपक्षी दलका नेतासँग पटक–पटक छलफल गरेका छन्। तर, सहमति जुट्न सकेको छैन।




















