काठमाडौं । यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् । दुई दिनदेखि आन्दोलनरत यातायात व्यवसायीहरूले आज साँझदेखि आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।
गण्डकी प्रदेश सरकारले राइड शेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेपछि व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन् ।
गण्डकी प्रदेश सरकारको निर्णय प्राप्त भएसँगै मंगलबार बेलुकैबाट गाडी चलाउने गरी आन्दोलन फिर्ता लिएको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
अहिले सडकमा छिटफुट गाडी गुडिरहेका छन् । भोलिदेखि निर्वाधरुपमा सवारी सञ्चालन हुनेछन् ।

























