काठमाडौँ । सरकारले त्रिभुवन विमानस्थलको क्षमता विस्तार गर्ने भएको छ । त्यसका लागि आर्थिक वर्ष २०८२/८३ को बजेटमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसका लागि ४ अर्ब १५ करोड बजेट छुट्याएको जानकारी दिएका छन् ।
त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा रुपान्तरण गरिने बताएका अर्थमन्त्री पौडेलले पोखराको अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय विमानस्थल बनाइने घोषणा गरेका छन् ।
पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न हवाइ सेवा कम्पनीहरुलाई सुविधा दिइने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले काठमाडौंमा केन्द्रित हवाइ कम्पनीलाई भैरहवा र पोखरामा लैजान कर छुट दिने र प्रोत्साहन गर्ने बताए ।
आन्तरिक विमानस्थललाई थप व्यवस्थित र सुरक्षित बनाइने वताउँदै उनले आन्तरिक विमानस्थलको व्यवस्थापनका लागि ५० करोड विनियोजन भएको जनाएका छन् ।

























