काठमाडौं । रसुवामा ७ किलो सुन बरामद भएको छ ।
रसुवा भन्सार नाकाबाट ७ किलो सुन बरामद भएको हो। केरुङबाट स्याउ लिएर आएको कन्टेनरमा सो परिमाणको सुन बरामद भएको हो ।
रसुवा प्रहरीका अनुसार बरामद सुनको तौल करिब ७ किलो ६ सय ग्राम रहेको छ ।चीनको केरुङबाट सुन आइरहेको छ भन्ने सुराकीका आधारमा नाकामा खानतलासी गर्दा सुन बरामद भएको जनाइएको छ । गाडी चालकको सिटनजिकै फल्स बटम बनाएर सुन ल्याइएको बताइएको छ ।
प्रहरीका अनुसार बा ४ ख ६२०१ नम्बरको गाडी केरूङबाट काठमाडौं आउँदै गर्दा आइतबार दिउँसो प्रहरीले उक्त सुन बरामद गरेको हो। सो पहेलो धातु परीक्षण भइरहेको प्रहरीले जनाएको छ ।

























