काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार दिउँसो ३ बजे बस्ने भएको छ । संसद्मा छलफलको क्रममा रहेका विधेयक र आगामी वर्षको बजेटका सन्दर्भमा दलको बैठक बोलाइएको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।
उनका अनुसार शनिबार दिउँसो ३ बजे संघीय संसद् भवन बानेश्वरमा बस्ने गरी दलको बैठक आह्वान गरिएको छ । बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने उनले बताए ।