काठमाडौं । निजी ऊर्जा उत्पादकहरूमाथि आईपीओ स्वीकृतिको नाममा ५ प्रतिशत कमिसन मागिएको आरोप सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डमा छापा मारेको छ ।
बुधबार मारिएको छापामा बोर्डमा पाइपलाइनमा रहेका ८९ कम्पनीका कागजपत्रहरू नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ ।
इप्पानका अनुसार ४३ जलविद्युत् कम्पनीमध्ये ४२ सँग बोर्ड अध्यक्षका नातेदार वा प्रतिनिधि भनिएका व्यक्तिहरूले भेटेर वा फोन, एसएमएस र इमेलमार्फत कमिसन माग गरेका थिए ।
यस विषयले संसदसम्म चर्चा पाएपछि अख्तियारले बोर्डको कार्यालयमा छापा मारेको हो ।