काठमाडौं । नक्सालस्थित नेपाल बाल मन्दिरको बहुमूल्य जग्गा लिजमा दिएको प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले १७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । बुधबार जिल्ला अदालत काठमाडौंमा दर्ता गरिएको उक्त मुद्दामा ६० करोड रुपैयाँभन्दा बढी रकम माग गरिएको छ ।
मुद्दा दायर हुनेहरूमा नेपाल बाल संगठनकी पूर्वअध्यक्ष रिता सिंह वैद्य पनि छन् । उनी उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी हुन् । वैद्यको अध्यक्षताकै कार्यकालमा बाल संगठनको जग्गा लिजमा दिने निर्णय गरिएको थियो ।
यस प्रकरणमा प्रारम्भिक अनुसन्धानपछि प्रहरीले मुद्दा चलाउन फाइल पेश गरे पनि जिल्ला सरकारी वकिलको कार्यालयले सुरूमा मुद्दा चलाउन नपर्ने सुझाव दिएको भए पनि तर मुद्दा दर्ता गर्ने निर्णय लिइएको हो ।
उक्त लिज सम्झौता सार्वजनिक सम्पत्तिको दुरुपयोगको गम्भीर आरोपमा परेको छ, जसमा संलग्न व्यक्तिहरूमाथि भ्रष्टाचार र अनियमितताको आशंका गरिएको छ ।