काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ३.४४ अंकले घटेर २६२०.३९ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ०.५१ अंकले घटेर ४४१.४९ विन्दुमा पुगेको छ।
यसदिन ३२२ स्क्रिप्सको २ करोड १९ लाख ५ हजार ३११ कित्ता सेयर ९ अर्ब २४ करोड ५५ लाख ८३ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भए। तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा दुई कम्पनीको सेयर ९ प्रतिशत बढीले वृद्धि भयो।
नेपाल माइक्रो इन्स्योरेन्स,क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेघाश्री फर्मास्युटिकल्सको सेयर १० प्रतिशतले बढ्यो। अपर सोलु हाइड्रो इलेक्ट्रिक र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर ९ प्रतिशत बढीले वृद्धि भयो।
विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। ६० करोड बढीको सेयर कारोबार गरी सानिमा माइ हाइड्रोपावर शीर्षस्थानमा रह्यो।
यसैगरी नगदी ग्रुपको ५५ करोडको सेयर कारोबार हुँदा राधी विद्युतले ५१ करोड,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ५० करोड र अपी पावरको ३९ करोड बढीको सेयर कारोबार गरे।
कारोबारमा आएकामध्ये ११७ स्टक्सको मूल्य बढ्दा १२८ वटाको घट्यो। ५ समूहको उपसूचक बढ्दा ८ वटाको उपसूचक नकारात्मक देखिएका छन् ।