हेटौँडा । आइतबार बिहान भएको वर्षापछि आएको बाढीले मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को बीचमा पर्ने बागमती नदीमा बनाइएको अस्थायी डाइभर्सन बगाउँदा कान्ति लोकपथ बन्द भएको छ ।
मकवानपुर प्रहरीका अनुसार आज बिहान ६ बजेतिर डाइभर्सन भताभुंग भएपछि उक्त सडकखण्डमा सवारीसाधन आवतजावत पूर्ण रूपमा रोकिएको हो ।
घटनास्थलमा प्रहरीको टोली परिचालन गरी सडक खुलाउने प्रयास भइरहे पनि डाइभर्सन नै बगाएपछि सडक खुलाउन समस्या भएको छ ।
सडक अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ आउजाउ गर्ने यात्रु तथा सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरिएको छ ।