काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमका अनुसार अहिले बुधबार १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । जसअनुसार पेट्रोलको मूल्य दुई, डिजेल र मट्टितेलको एक रुपैयाँ घटेको छ ।
यस्तै, आन्तरिक तर्फको हवाई इन्धनको मूल्य पनि घटाइएको छ । आन्तरिक तर्फको हवाई इन्धनको मूल्य एक रुपैयाँ घटेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । (रासस)
























