काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सरकारमा बस्न मात्र होइन, परिणाम दिन गएको बताउँदै सरकारमा हुनेहरुले परिणाम दिने गरी काम गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले भने ‘कांग्रेस सरकारमा बस्नका लागि मात्र गएको होइन, सरकारमा गएपछि कांग्रेसले काम गर्नुपर्छ, परिणाम दिनुपर्छ । हामी रिजल्टमा काम गर्न चाहन्छौँ ।’
वर्तमान सत्ता समीकरणलाई निरन्तरता दिइने बताउँदै महामन्त्री थापाले भने “हामी अहिले एमालेसँग सरकारमा छौँ, कांग्रेसको तर्फबाट हाम्रो प्रतिबद्धता छ, हामी तलमाथि कुनै पोलिटिकल एड्भेन्चरमा लाग्दैनौँ। यो समीकरणलाई सहज ढंगबाट अघि बढाउँछौँ । तर, सरकारले परिणाममुखी काम गर्नुपर्छ ।”
























