काठमाडौं । गत चैत १५ गते काठमाडौंको कोटेश्वरस्थित भाटभटेनीको लुटपाटमा सत्तारुढ दलका सहमहामन्त्रीका छोरा संलग्न रहेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको भनाइप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
शुक्रबार संसदमा बोल्दै लिङदेनले सत्तारुढ दलका सहमहामन्त्रीका छोरा पक्राउ समेत परेको र नेताको छोरा भन्ने थाहा पाएपछि छाडिएको बताएका थिए ।
उक्त भनाइको कांग्रेसले विरोध गरेको हो । आइतबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले आपत्ति जनाएका हुन् । आरोप पुष्टि गर्न चेतावनी दिएका छन् ।