काठमाडौं । शेयर बजार आज दोहोरो अंकले घटेको छ । लगातार तीन कारोबार दिन बढेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ६८ अंकले घटेर २ हजार ७ सय ६ दशमलव ०४ विन्दुमा झरेको हो ।
नयाँ वर्षपछि शेयर बजार पहिलो पटक शेयर बजारमा गिरावट आएको हो । आज नेप्सेसँगै कारोबार पनि घटेको छ ।
बिहीवार १० अर्ब ७९ करोडको कारोबार भएकोमा आज ३ सय २८ वटा कम्पनीका २ करोड १३ लाख कित्ता शेयर ८ अर्ब ४३ करोड रुपैयाँमा किनबेच भएको छ । आज हिमालयन पार्वर पार्टनर र बलेफी हाइड्रोपावर कम्पनीको शेयर ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।
समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल, जलविद्युत् र अन्य समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

























