काठमाडौं । गृह मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका विभिन्न पदमा अधिकृतहरूको बढुवा सूची सार्वजनिक गरेको छ ।
आज बिहीबार बसेको बढुवा समितिको निर्णय अनुसार, प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदका लागि ६ जनाको नाम सिफारिस गरिएको हो ।
बढुवा सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (५) अनुसार प्रकाशित गरिएको हो । यस सिफारिसमा गृह मन्त्रालयले सम्पूर्ण आवश्यक प्रक्रिया पूरा गरी अन्तिम निर्णयका लागि अगाडि बढाउने तयारी गरेको छ ।
यी हुन् बढुवा भएका अधिकृतहरू